आज पनि संसद्‍मा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

0 Shares

 काठमाडौं । आज पनि संघीय संसद्‍मा  नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्दैछ ।

राष्ट्रिय सभामा सोमबार २२ जना सांसदले नीति तथा कार्यक्रममाथि सुझाव राखेका थिए । बाँकीले आज राख्नेछन् ।

राष्ट्रिय सभाको क्यालेन्डर अनुसार प्रधानमन्त्रीले आजै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेछन् । तर, यो विषय अन्तिममा हेरफेर समेत हुन सक्ने संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचारसबै