तीनकुने घटनाको बहानामा पक्राउ परेका वृद्ध खेमराज, के हो देउवासँगको कनेक्सन ?

0 Shares

काठमाडौं । कांग्रेस राजनीति छोडेर राजावादी अभियानमा हिँडिरहेका ७२ वर्षीय खेमराज सेढाईंलाई  तीनकुने घटनासँग जोडेर प्रहरीले हिजो संयुक्त जनआन्दोलन समितिको बैठक स्थलबाट पक्राउ गरिएको छ ।

आन्दोलनको नयाँ कार्यक्रम तय गर्न सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा समितिको बैठक राखिएको थियो । बैठकबाट निस्किँदै गर्दा सोही पार्टी प्यालेसमा पुगेका प्रहरीले उनलाई झ्यापझुप पारे ।

तीनकुनेमा राजावादीले आन्दोलन गरेको चैत १५ मा हो । घटना भएको ३८ दिनपछि सेढाईंलाई पक्राउ गरिँदा राजावादीहरु आश्चर्यमा परेका छन् ।

सम्बन्धित समाचारसबै