0
Shares
काठमाडौं –सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भ्रष्टाचार, कुशासन, विधिबिहिनता र दण्डबिहिनतालाई निर्ममता पूर्वक नियन्त्रण गर्ने कुराको प्रतिबद्धता कम रहेको नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले बताएका छन् ।
बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको विषयमा नीति तथा कार्यक्रम केन्द्रीत हुनुपर्ने भन्दै यस्तो कुराको प्रतिबद्धता र इच्छाशक्तिको कमि भएको बताए ।