0
Shares
काठमाडौं–शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले भारतले पाकिस्तानमाथि आतंकवादविरुद्ध गरेको आक्रमणलाई ‘जायज आक्रमण’ भनेको हो ।
सत्ता साझेदार नेपाली कांग्रेसले कश्मिरको पहलगाममा भएको आतंककारी हमलापछि भारतका तर्फबाट भएको पाकिस्तानमाथिको आक्रमणलाई ‘जायज आक्रमण’ भनेको छ ।
‘हामी जहिले पनि आतंकवादको खिलापमा छौँ । आतंकवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौँ । आतंकवादलाई कसैले प्रश्रय नदेओस् भन्ने पक्षमा छौँ,’ बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले भने, ‘आतंकवादलाई निरुत्साहित गर्ने तर्फको काममा हामी साथमा छौँ । सांसरभर जहाँ सुकै यस्ता घटना भए पनि खिलापमा हामी छौँ भन्ने नै हामीले निष्कर्ष निकालेका छौँ ।’