प्रचण्ड- माओवादी पार्टी र मूल नेतृत्वविरुद्ध अनेकखाले भ्रम छर्ने षड्यन्त्र भएका छन्

0 Shares

काठमाडौं – अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीले आफ्नो वर्गतिर फर्किएर समाजवादी क्रान्तिको संकल्प गरेपछि यसको नेतृत्वविरुद्ध भ्रम छर्ने तत्वहरु सल्बलाएको बताएका छन् ।

२५ औं निर्मल लामा स्मृति दिवस कार्यक्रमलाई शनिवार केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरु क्रान्तिकारी आदर्श र निष्ठातिर फर्किन खोज्दा मूल नेतृत्वकाविरुद्ध अनेकखाले भ्रम फैलाउन खोजिएको बताए ।

अध्यक्ष प्रचण्डले भने–हामीलाई क्रान्तिकारी आदर्श र निष्ठातिर अगाडि लैजाने चुनौति हाम्रो अगाडि छन् । ती चुनौतिवरुद्ध लड्ने संकल्पसहित फेरि हाम्रो वर्ग समुदायलाई केन्द्रित गरेर समाजवादतर्फको क्रान्तिकारी तयारी गर्न खोज्दा प्रतिक्रियावादीहरु,संशोधनवादी र अवसरवादीहरुले घेराबन्दी गर्ने र अनेकखाले भ्रमहरु छर्ने किसिमका षडयन्त्र भएका छन् ।

सम्बन्धित समाचारसबै