अन्तिममा प्रधानमन्त्री ओलीले नै मानेनन् गुणाकरलाई गभर्नर बनाउन

0 Shares

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा अन्तत: अर्थविद् विश्व पौडेलको नाममा सहमति जुटेसँगै निकास निस्कन लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पछिल्लो भेटवार्तामा पौडेललाई गभर्नर बनाउने समझदारी बनेको हो।

त्यसैले पौडेलले गभर्नर सिफारिस समिति सदस्य पदबाट राजीनामा बुझाएका छन्। पौडेलले सोमबार अर्थमन्त्री विष्णु पौडेललाई इमेल गरी राजीनामा पेस गरे।

गभर्नर नियुक्तिमा विश्व पौडेलको नाम आउनुअघि लामो सिलसिला छ।

सत्तारूढ दुई दलबीच तानातान, धेरै नामहरूको चर्चा र विवादपछि मात्रै पौडेलको नाममा सहपति जुटेको हो। उनको नियुक्ति कहिलेसम्ममा हुन्छ भन्ने अहिलेसम्म यकिन छैन। दुई प्रमुख नेताको मनस्थिति बदलियो भने पौडेलको नाम पनि फेरिन बेर छैन।

राष्ट्र बैंकका गभर्नरले अवकाश पाउनु एक महिना अघिनै नयाँ गभर्नर नियुक्त गर्नु पर्ने कानुनी व्यवस्था छ। यो व्यवस्थाको यसअघिका सरकारले पनि बारम्बार उल्लङ्घन गरेका थिए।

सम्बन्धित समाचारसबै