काठमाडौँ –कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता केदार कार्कीले कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बहानामा प्रदेश सरकारले केन्द्रको दासता स्वीकार गरेको भन्दै आपत्ति जनाएका छन्।
बलियो संघीयताको पक्षमा प्रदेश उभिनुपर्ने बेलामा कोशी सरकारले केन्द्रले लादेको दासता स्वीकारेको भन्दै कार्कीले आपत्ति जनाएका हुन्।
उनले आपत्ति जनाएको विषय प्रदेशको सुरक्षा गोष्ठीमा प्रदेश सरकारको भूमिका खुम्च्याइएको भन्ने हो।
प्रदेश सुरक्षा समिति प्रदेशको आन्तरिक मामिला मन्त्रीको नेतृत्वमा हुन्छ। प्रदेश सुरक्षा गोष्ठीको अध्यक्षता पनि प्रदेश मन्त्रीले नै गर्नुपर्छ,’ कार्कीले भने, ‘तर, कोशी सरकारले गृह सचिवको अध्यक्षतामा भएको कार्यक्रम स्वीकारेर यसअघिको अभ्यास पनि उल्ट्याएको छ।’
२०७९ को निर्वाचनका बेला कार्की राजेन्द्र राई नेतृत्वको सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री थिए। त्यसबेला उनी आफैले सुरक्षा गोष्ठीको अध्यक्षता गरेका थिए।