काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको प्रिमियम विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपालका सडकहरूमा आफ्ना ५०० भन्दा बढी सेरेस ईभीहरू पुगेको घोषणा गरेको छ ।
यो उपलब्धिले सेरेसको तीव्र विकास र नेपालको दिगो यातायातप्रतिको चासो झन् बढ्दै गएको संकेत गर्ने कम्पनीले जनाएको छ । यस अवसरमा सेरेसले एक विशेष केक काट्ने समारोह आयोजना गरेको थियो । कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्त लगायत प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।
नेपाली उपभोक्तामा सेरेसप्रतिको विश्वास र उत्साह बढ्दो छ भन्ने देख्दा आफूहरु उत्साहि भएको बताए ।
नेपालमा सेरेसले कठिन भौगोलिक चुनौतीहरूमा आफ्नो शक्ति प्रमाणित गरिसकेको छ। ४,६६० मिटर उचाइमा रहेको कोरला पास पार गर्ने पहिलो ईभी बनेर सेरेसले चरम परिस्थितिमा समेत आफ्नो क्षमता प्रदर्शन गरेको छ।
नेपाल दिगो एवम् वातावरणमैत्री भविष्यतर्फ अग्रसर भइरहँदा सेरेसले स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै विश्वस्तरीय मापदण्डहरू पनि पूरा गर्ने स्मार्ट, सुरक्षित र स्टाइलिस विद्युतीय सवारीसाधनहरू नेपाली प्रयोगकर्तासमक्ष ल्याइरहने छ।