सांसद नेम्वाङ: स्पष्ट ढुवानीमैत्री नीति आवश्यक

0 Shares

काठमाडौँ ।बिहीबारको प्रतिनिधि सभामा नेकपा एमाले सांसद सुहाङ नेम्वाङले स्पष्ट ढुवानीमैत्री नीति आवश्यक रहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभामा बोल्दै नेम्वाङले कर बीमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्ने माग गरेका हुन् ।

भौतिक पूर्वाधारमा प्राथमिकता दिई सुधार गर्न जरुरी रहेको उनको भनाई थियो ।
उनले भने, ‘राष्ट्रको महत्त्वपूर्ण क्षेत्र ढुवानी तथा यातायात सेवा राष्ट्रको गतिशीलता सुनिश्चित गर्ने मेरुदण्ड हो । हामी सबैलाई थाहा छ, हवाई सेवा नाजुक र भरपर्दो अवस्थामा नहुँदा पनि विपद् वा महामारीको घडीमा खाद्यान्न, औषधि, महामारीका सामग्रीदेखि कृषि उपजसम्म देशका कुनाकुनामा पुर्‍याउने काम यिनै व्यवसायीहरूले गरेका हुन् ।’
सम्बन्धित समाचारसबै