संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दै

0 Shares

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तुत गरेको बजेटको बारेमा छलफल हुनेछ ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको थियो । आजको बैठकमा बजेटमाथि सांसदहरूले धारणा राख्नेछन् ।

सम्बन्धित समाचारसबै