मन्त्री भण्डारी: सुपारी आयात हुँदा २५ अर्ब बराबर राजस्व संकलन भइरहेकाे छ

0 Shares

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सुपारी आयात हुँदा २५ अर्ब बराबर राजस्व  संकलन हुने दाबी गरेका छन् ।

आइतबार राष्ट्रिय सभा अन्तर्गत आर्थिक मामिला तथा सशासन समितिमा बोल्दै ठुलो परिमाणमा राजस्व संकलन हुनेभएकाले कानुन सशोधन गरेर आयात अनुमति दिइएको बताए ।

सुपारी बढी चर्चामा आयो । थुप्रै फाईल लिएर आएको छु,सर्वाेच्च अदालतको फैसला, लगायत,’ उनले दिक्दारी हुँदै भने,’कुन समितिको निर्णय सरकारले मान्ने? अन्यौलमा छ मन्त्रालय । फरक –फरक समितिले फरक निर्णय गरेको छ ।’

२५ अर्बको आसपासमा राजस्व आउने दावी गरे । कच्चापदार्थको रुपमा आउँछ । ’कानुन बनाएर व्यापारिक प्रयोजनका लागि नभएर  औद्योगिक प्रयोजनका लागि मात्रै ल्याउन दिएका छौँ,’ मन्त्री भण्डारीले भने,’कहिले सुपारीको डिएनए परीक्षण गर्नुपर्छ भन्ने निर्देशन दियो तर डीएनए परीक्षण नार्कले गर्ने हो उसले सकिँदैन भन्यो ।भन्सार विन्दुमा चेकजाँच होला नि ।’

सम्बन्धित समाचारसबै