‘कुलिङ पिरियड’ नराख्न दबाब दिँदै मुख्यसचिव सहितको टोली दौडाहामा

0 Shares

काठमाडौँ —‘कुलिङ पिरियड’ नराख्न निजामती विधेयकमा दबाब दिँदै मुख्यसचिव र सचिवहरुले राष्ट्रिय सभा अध्यक्षलाई भेटेका छन् ।

मुख्य सचिव एकनारायण अर्यालसंसद्‌का महासचिव पद्मप्रसाद पाण्डेयकानुन सचिव उदयराज सापकोटाश्रम सचिव कृष्णहरि पुष्करलगायत २० भन्दा बढी सचिवले राष्ट्रिय सभा अध्यक्षलाई आज भेट गरेका हुन् । निजामती विधेयकमा राखिएको दुई वर्षको कुलिङ पिरियड व्यवस्था हटाउनुपर्ने उनीहरूको माग छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवामार्फत राज्यव्यवस्था समितिलाई दबाब दिन लगाएपछि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालमार्फत उनीहरूले दबाब बढाएका हुन् । निजामती सेवाको उच्च ओहदाबाट अवकाश पाएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक र राजनीतिक नियुक्ति नपाउने गरी ‘कुलिङ पिरियड’ राखिएकामा सचिवहरू असन्तुष्ट छन्

अवकाशको दुई वर्षसम्म संवैधानिककूटनीतिकराजनीतिकलगायत पदमा नियुक्ति नपाउने कानुनी व्यवस्था कुलिङ पिरियड हो । दुईवर्षे कुलिङ पिरियडको व्यवस्थासहितको विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट २ जेठमा सर्वसम्मतिले पारित भइसकेको छ

सम्बन्धित समाचारसबै