लेखा समितिमा सांसद मोदीको प्रश्न- हामी दास हो र ?

0 Shares

 काठमाडौं ।बिहीबार नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति जनाएका छन् ।

सार्वजनिक लेखा समितिमा बोल्दै उनले समिति सभापतिसँग आपत्ति जनाएका हुन् । संसद् सार्वभौम हुने र सार्वजनिक विषयमा कुरा राख्न पाइने उनले बताए ।

‘संसद् भनेको सार्वभौम हो । यो मिनि पाल्र्यामेन्ट हो । सार्वजनिक विषयका कुरा, हामीलाई लागेको विषय, त्यसमध्ये पनि हामी माओवादी प्रतिपक्षमा छौँ,’ उनले भने, ‘हामीले बोलेका विषयमा तपाईंले रोक्नुहुन्छ । यो दुर्भाग्य हो । हामीलाई प्रतिबन्ध लगाउन पाउनु हुन्न ।’

सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने उनले दोहोर्‍याए ।

‘सार्वजनिक लेखा समिति प्रतिपक्षको हुनुपर्छ भनेर बोल्दा तपाईंहरू हुनु हुँदैन, हुँदैन भन्ने । तपाईंहरूको हामी दास हो र ? माओवादी पार्टीको कुरा हो नि यो,’ उनले भने ।

सम्बन्धित समाचारसबै