0
Shares
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगका पूर्वसदस्य यज्ञमणि न्यौपानेले संसदीय दलका नेतामा सभापति रवि लामिछानेको विकल्प खोज्नुपर्ने भनी दिएको एउटा अभिव्यक्ति चर्चामा छ।
भूतपूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी रकम अपचलनसम्बन्धी मुद्दामा हाल कारागारमा छन्।
रास्वपाले दलका नेताको विकल्पबारे औपचारिक रूपमा मौन रहँदा सो दलका कार्यवाहक सभापति डीपी अर्यालले बीबीसीसँग कुरा गर्दै उक्त विषय आफूहरूको एजेन्डामै नरहेको बताएका छन्।
तर निर्वाचन आयोगका दुईजना पूर्वप्रमुख आयुक्तले संसदीय दलका नेताका सम्बन्धमा भविष्यमा स्पष्ट व्यवस्था गरिनुपर्ने आवश्यकता औँल्याएका छन्।