0
Shares
काठमाडौं। नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा नाम जोडिएर विवादित बनेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो।
माओवादी प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्रीले तुरुन्त राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको बताए। उनले राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा शक्तिको दुरुपयोग हुन नदिनका लागि पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे।