0
Shares
काठमाडौँ — नेपाल राष्ट्र बैंकमा प्रवक्ताको जिम्मा कार्यकारी निर्देशक किरण पण्डितले पाएका छन् ।
यसअघि राष्ट्र बैंकको प्रवक्ता रामु पौडेल थिए ।गभर्नर विश्वनाथ पौडेलले आज बुधबारदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी पण्डितलाई दिएका हुन् ।
वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गर्नुभएका पण्डितसँग बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखालगायतको कार्यानुभव छ । हाल उनी भुक्तानी प्रणाली विभाग प्रमुख हुन् ।