काठमाडौँ – आइसीसी विश्वकप लीग २ प्रतियोगितालाई नेपाली क्रिकेटको ‘लाइफलाइन’ भन्दा पनि फरक पर्दैन।
लीग २ ले नेपाललाई एकदिवसीय विश्वकपको यात्रातिर लम्काउने मात्र होइन, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने काम गर्छ।
त्योभन्दा महत्त्वपूर्ण कुरा, यसले टोलीलाई नियमित अन्तर्राष्ट्रिय अनुभव दिएको छ, खेलाडीलाई बलिया टोलीसँग निरन्तर खेल्ने अवसर दिएको छ र आईसीसीको आर्थिक सहयोग बढाउने आधार पनि दिएको छ।
यति विशेष प्रतियोगिताको २०२३-२०२७ को शृङ्खलामा नेपालको अवस्था अहिले के खराब बनिरहेको हो? के नेपालको ‘ओडीआई’ मान्यता खतरामा छ?