रास्वपा र राप्रपाको अवरोधबीच संसद् बैठक जारी

0 Shares

काठमाडौँ — विपक्षी दलले विरोध गरे पनि सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभा बैठकको कार्यसूची जबरजस्ती अघि बढाएका छन् ।

सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न समय दिए । उनले संसद् बैठक जबर्जस्ती सञ्चालन नगर्न सभामुखलाई आग्रह गरे । यसपछि बोलेका रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गरे ।

सभामुखले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व व्ययको वार्षिक अनुमानमाथिको छलफल’मा दलीय आधारमा सांसदलाई बोल्न दिएका छन् तर रास्वपाले वेल घेराउ गर्दै नाराबाजी जारी राखेको छ । रास्वपा सांसदले गृहमन्त्री रमेश लेखकले ‘राजीनामा दिनुपर्ने’ र ‘मानव तस्करी बन्द गर्नुपर्ने’ नारा लगाइरहेका छन् ।

सम्बन्धित समाचारसबै