गौशालाकी उप–प्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध

0 Shares

महोत्तरी — गौशाला नगरपालिकाकी उप–प्रमुख रेणु कुमारी महतोलाई कार्यालय प्रवेशमा अवरोध भएको छ ।

मंगलबार बिहान ८ बजे बोलाइएको कार्यपालिका बैठकमा सहभागी हुन १० बजे आइपुगेकी उप–प्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध भएको उनले बताइन् ।

नगर प्रहरीले कार्यालयमा प्रवेश गर्न नदिएपछि उप–प्रमुख महतोले समाजिक सञ्चालमा भिडियो राखेर आफूमाथि अन्याय भएका बताएकी छिन् ।

नगर प्रहरीले माथिको आदेश भन्दै कार्यालय प्रवेश गर्न नदिएको भिडियोमा भनेकी छिन् । उप–प्रमुख महतोले सोमबार कार्यालयका महत्त्वपूर्ण कागजताहरु कर्मचारीबाट खोसेर घर लगेपछि गौशाला नगरपालिकामा द्वन्द्व चर्केको छ ।

सम्बन्धित समाचारसबै