निर्वाचन सन्दर्भमा आयोग र प्रधानमन्त्रीबीच परामर्श

0 Shares

काठमाडौं, ६ असार २०८२- प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभा र स्थानीय तहका रिक्त पदहरूमा निर्वाचनको सन्दर्भमा आज सिंहदरबारमा परामर्श गरेको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले प्रधानमन्त्री ओलीलाई आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन तथा फागुन २० गते रिक्त हुने राष्ट्रिय सभाका १८ सिटको निर्वाचनबारे जानकारी दिएको थियो।

रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को निर्वाचन यही असार १६ भित्र मिति तोकी कात्तिक दोस्रो साता गर्ने तयारी आयोगले गरिरहेको छ। साथै, स्थानीय तहमा रिक्त १३ वटा वडाध्यक्ष पदका लागि पनि चुनाव गराउने तयारी गरिएको छ।

प्रधानमन्त्री ओलीले आयोगको तयारी अनुसार सरकारबाट आवश्यक सहयोग हुने आश्वासन दिँदै आवधिक निर्वाचनका लागि समेत तयारी अघि बढाउन सुझाव दिएका थिए। भेटमा आयुक्तहरू डा. जानकीकुमारी तुलाधार, सगुनशमशेर जबरा र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरू सहभागी थिए।

सम्बन्धित समाचारसबै