सर्वोच्चमा प्रस्तावित न्यायाधीश पोखरेलले भने-‘दबाब, प्रभाव र प्रलोभनबाट माथि उठेर निर्णय गर्छु’

0 Shares

काठमाडौँ — सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश मेघराज पोखरेलले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।

उनले कानून व्यवसायीहरु पक्षधर हुने, तर न्यायाधीश निरपेक्ष हुनुपर्ने बताए। आफू न्यायाधीश बनेपछि निरपेक्ष रुपमा काम गर्ने उनको भनाइ थियो। उनले आफू न्यायाधीश भएपछि संविधान, कानून र न्यायको पक्षमा अब्बल सावित गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘कानून व्यवसायीहरुले एउटा न एउटाको पक्षधरमै काम गर्नुपर्छ । तर न्यायाधीश भएपछि न्यायाधीशको पक्ष हुँदैन । न्यायकर्मीको जिम्मेवारी पाएँ भने मेरो जुन रोल थियो, त्यसलाई परिवर्तन गरेर संविधान, कानून र न्यायको पक्षमा अब्बल सावित गर्नेछु । न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । त्यस्तो दृष्टिकोण न्यायाधीशले राख्नुपर्छ । यसको लागि न्यायपालिकामा दबाब, प्रलोभनहरु आउनसक्छन् । धम्की आउनसक्छन् । त्यो भन्दा माथि उठेर निर्णय गर्नुपर्छ । कार्यपालिका र व्यवस्थापिकासँगको सम्बन्धमा पनि न्यायपालिकाको भुमिका हुन्छ ।’

उनले सबैले संविधानभित्रै रहेर काम गर्नुपर्ने बताए। संविधानको सीमाभित्र रहेर काम गर्न नसके मुलुकमा गतिरोध हुने जिकिर गरे।

सम्बन्धित समाचारसबै