संसद्‌‍को राेस्ट्रममै प्रभु साहले च्याते निजामती विधेयक

0 Shares

काठमाडौँ — प्रतिनिधिसभामा बोल्ने क्रममा सांसद प्रभु साहले निजामती विधेयक च्यातेका छन् ।

उनले निजामती विधयेकलाई ‘गरिबमारा’ संज्ञा दिँदै च्यातेका हुन् ।

संविधानमा समानताको कुरा गरे पनि विधेकयले गरिबलाई अगाडि बढ्नबाट रोक्ने र गरी रुवाउने विधेयक भएको उनले बताए ।

उनले गरिबको चिरहरण गर्ने विधेयक स्वीकार्न नसक्ने र यस्तो आपराधिक कामको साक्षी आू बस्न नसक्ने बताए । आज विधेयक पारित भयो भने त्यो गरिबका लागि कालो दिन हुने उनले बताए ।

बैठक बहिष्कार गर्ने बताउँदै विधेयक च्यातेर उनी संसद्‍बाट बाहिर निस्केका थिए । उनी आम जनता पार्टी (आजपा) का अध्यक्ष हुन् ।

सम्बन्धित समाचारसबै