देउवाले विश्वप्रकाशलाई साँच्चै भनेका हुन् कि जिस्किएर?

0 Shares

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसपालिको पार्टी बैठकमा आलोचना खेप्नु परेन।

९ महिनासम्म केन्द्रीय समिति बैठक नराखेको, पदाधिकारी र पूर्वपदाधिकारीसँग मात्रै छलफल गरी महत्त्वपूर्ण निर्णय लिने गरेकोलगायत कुराले केन्द्रीय सदस्यहरू असन्तुष्ट थिए।

तर केन्द्रीय समितिमा कसैले सभापति देउवामाथि रोष प्रकट गरेन।

केन्द्रीय समितिको मुखैमा १३ असारमा चितवनमा देउवाले यस्तो अभिव्यक्ति दिए, जसका कारण उनको प्रशंसा भयो, नेताहरूबाट धन्यवाद पाए, आलोचनासमेत सुन्नु परेन।

सभापति देउवाले ‘म रिटायर्ड हुन लागेको छु, पार्टीलाई एक बनाउने इच्छा छ’ भनेका थिए, नेताहरूले धन्यवाद दिए, देउवालाई केन्द्रीय समिति ‘फेस’ गर्न सहज भयो।

सभापति देउवाको यो अभिव्यक्तिको १६ असारदेखि २३ असारसम्म सानेपामा चलेको केन्द्रीय समितिमा खुबै चर्चासमेत पायो।

२०७८ मंसिरमा १४ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका नेता शेखर कोइरालाले समेत ‘पार्टीलाई एकढिक्का बनाएर लैजानु भन्नु भएकोमा सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु’ भनेर केन्द्रीय समिति बैठकमै भनिदिए।

कांग्रेस विधानअनुसार एक व्यक्ति दुई कार्यकालभन्दा बढी सभापति हुन पाउँदैनन्। सभापति देउवा दुई पटक सभापति बनिसके। त्यही भएर पनि उनले अवकाशको कुरा निकाले।

सम्बन्धित समाचारसबै