सरकारको १ वर्ष : सुशासनको प्रतीक्षा कायमै, स्थिरताको सकस उस्तै

0 Shares

काठमाडौँ — ‘शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री हुनुभयो, अवसर उहाँलाई मिल्छ, के गर्नु ? अब फेरि मिल्न लागेको छ ।

म १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर विधिपूर्वक धुमधामका साथ पद हस्तान्तरण गर्छु ।’

‘मैले दुई वर्षसम्म सरकारको नेतृत्व गर्ने हो तर त्यो अवधि सकिएपछि मात्र सत्ता हस्तान्तरण गर्नुपर्छ भन्ने छैन । १०–१५ दिनअगावै देउवाजीलाई पद सुम्पिन्छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो अभिव्यक्ति पूर्वयोजनाकार मञ्चले १ जेठमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दाको हो भने, दोस्रो १९ असारमा स्पेनस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्ति हो । स्पेनबाट ओलीको पछिल्लो सन्देश आएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले २३ असारमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाहिर रहेका सञ्चारकर्मीलाई भित्र बोलाएरै भने, ‘कांग्रेस–एमालेको गठबन्धन पूरा समय जान्छ । दुई ठूला दलले गठबन्धन गर्दा समस्या हुन्छन् । यस्ता समस्यालाई ठूलो ठान्नु हुन्न । हामी बसेर समाधान गर्छौं ।’

प्रधानमन्त्री ओली र ‘वेटिङ’ प्रधानमन्त्री देउवाका यी अभिव्यक्ति सत्ताका लागि एकले अर्कोलाई फकाउने रणनीतिमा आधारित देखिन्छन् । सँगै एकअर्काप्रति उनीहरू सशंकित पनि छन् ।

धान दिवसको दिन १५ असार ०८१ मा बालकोटको बार्दलीमा बसेर देउवा र ओलीले दही–चिउरा खाँदै बीजारोपण गरेको नयाँ गठबन्धनको मार्गचित्र १७ असारको मध्यरातमा सातबुँदे सहमतिबाट अघि बढेको थियो । त्यही सहमतिको एउटा बुँदा ‘आलोपालो सरकारको नेतृत्व लिने’ ३० असारमै कार्यान्वयनमा गयो । ओली प्रधानमन्त्री नियुक्त भए । भोलिपल्ट ३१ असारमा शपथ लिए । केन्द्रमा बनेको गठबन्धनको परकम्पले प्रदेशमा पनि हलचल ल्यायो । संघकै समीकरणअनुसार प्रदेश सरकारहरू पनि हेरफेर भए ।

सम्बन्धित समाचारसबै