देउवाको कदमको ऊर्जा उत्पादकले गरे प्रशंसा

0 Shares

काठमाडौँ – ऊर्जा उत्पादकहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चालेको कदमको प्रशंसा गरेका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ईप्पानको २३ औं वार्षिकउत्सवमा उनलाई यस्तो प्रशंसा गरिएको हो।

आगामी आर्थिक वर्षको बेजटमा अब हुने विद्युत खरिद बिक्रीमा टेक एण्ड पेको व्यवस्था गरिएको थियो।

निजी क्षेत्रलाई विद्युत व्यापारको बाटो बन्द गरेर टेक एण्ड पेको व्यवस्था गरिएको भन्दै व्यवसायीहरूले विरोध जनाएका थिए।

यस्तो विरोधपछि सरकारले यो व्यवस्थाबाट पछि हट्ने प्रतिबद्धता गरेको छ। यसरी पछि हटाउन कांग्रेस सभापति देउवाको विशेष भूमिका रहेको भन्दै उनको प्रशंसामा सबै उत्पादकलाई उठेर ताली बजाउन इप्पानका अध्यक्ष गणेश कार्कीले आग्रह गरेका थिए।

त्यसपछि सबै उत्पादक उठेर प्रशंसा गरेका हुन्।

विद्युत ऐन २०४९ को कार्यान्वनका लागि २०५५ सालमा निजी क्षेत्रबाट विद्युत खरिद गर्ने निर्णय भएको थिय‍ो।

२६ वर्षमा करिब २९ सय २३ बिजुली मेगावाट उत्पादन गर्न निजी क्षेत्रले गरेको छ। निजी क्षेत्र आउनुअघि देशको कुल उर्जा उत्पादनको जडित क्षमता २५२ मेगावाट मात्र रहेकोमा अहिले ३६ सय २५ मेगावाट पुगेको छ।

यसमा निजी क्षेत्रको हिस्सा करिब ८१ प्रतिशत अर्थात् करिब २९ सय मेगावाट रहेको छ। निजी क्षेत्रबाट अहिले करिब ४ हजार २ सय ८८ मेगावाट विभिन्न आयोजना निर्माणाधिन र पिपिए गरेर निर्माणमा जान लागेका ४ हजार २ सय १० मेगावाट आयोजनाहरू छन्।

यी सबै गरेर अहिलेसम्म नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्र बीच ११ हजार ४ सय २१ मेगावाटको पिपिए सम्पन्न भएको इप्पानले जनाएको छ।

यसका अलावा ४ हजार ९ सय ६६ मेगावाटका जलविद्युत् र करिब ९६० मेगावाटका सौर्य आयोजना पिपिए हुँदै गरेको अध्यक्ष कार्कीले बताए।

आर्थिक वर्ष २०८२/८३ भित्रमा निजी क्षेत्र र विद्युत प्राधिकरणका बीचमा विद्युत खरिद विक्री सम्झौता सम्पन्न आयोजनाको जडित क्षमता १७ हजार ३ सय ४७ मेगावाट पुग्ने बताइएको छ।

सम्बन्धित समाचारसबै