0
Shares
२९ असोज, काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
ललितपुर भनिमण्डलस्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक सुरु भएको हो। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा अहिले महासचिव शंकर पोखरेलले सम्बोधन गरिरहेका छन्।
जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशनलगायतका विषयमा टुंगो लगाउन एमालेले बैठक आह्वान गरेको हो।