सगरमाथा आरोहण गरेर फर्किने क्रममा एक जना पर्वतारोहीको मृत्यु

0 Shares

काठमाडौँ ।बिहीबार सगरमाथा आरोहण गरेर फर्किने क्रममा एक जना पर्वतारोहीको मृत्यु भएको छ ।

हिलारी स्टेप ८७९० मिटर भन्दा माथि ती पर्वतारोहीको निधन भएको हो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे घटना भएको पुष्टि गरे ।

ती पर्वतारोहीले सगरमाथाको शिखर टेकिसकेका थिए । त्यसलगत्तै फर्कने क्रममा उनको निधन भएको हो ।निधन हुने व्यक्तिको नाम र देश समेत खुलिसकेको छैन ।

यद्यपि घटनाबारे विस्तृत विवरण थाहा नभएको बताए ।  सगरमाथा क्षेत्रको उद्धारको काम सम्बन्धित एक्पिडिसन कम्पनीले नै गर्ने भएकोले यसमा आफूहरूले केही गर्नसक्ने अवस्था नरहेको घिमिरे बताउँछन् । यद्यपि मृतकको शव ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी आएको उनले बताए ।

सम्बन्धित समाचारसबै