कफी पिउने सही समय कुन हो, खानासँगै या खानापछि?

0 Shares

काठमाडौँ – कसैलाई बिहान उठ्नेबित्तिकै कफी चाहिन्छ। कोही खानापछि कफी पिउन रुचि राख्छन्। कसैलाई भने खाना खानु ठीकअघि कफी पिउँदा आनन्द लाग्छ।

उसो भए कफी पिउने सही समय के हो त? विज्ञहरू भन्छन्, ‘खानापछि तुरुन्तै कफी पिउनु हानिकारक हुनसक्छ। यसले भोजनका पोषकतत्त्वहरूलाई शरीरमा अवशोषित गर्न बाधा पुर्‍याउन सक्छ।

कफीमा एक हजार केमिकल कम्पाउन्ड पाइन्छन् । क्याफिन, पोलिफेनल्स र टेनिन्सजस्ता केमिकल कम्पाउन्ड मुख्य हुन् । यीनले शरीरमा पोषक तत्वको अवशोषित हुने प्रक्रियालाई प्रभावित पार्छन् ।

त्यसो त केही वैज्ञानिकहरूले भने कफी र पोषक तत्त्व अवशोषितको यो प्रक्रियाका बीच केही व्यक्तिहरूमा ज्यादै कम असर पर्ने गरेको छ। यो असर यति कम हुन्छ कि शरीरलाई केही कमी महसुस पनि हुँदैन।

पोषक तत्त्व यस्ता पदार्थ हुन्, जुन हाम्रो खानपिनका सामग्रीहरूमा पाइन्छन् र शरीरका लागि महत्त्वपूर्ण काममा ती पोषक तत्त्वले निकै राम्रो भूमिका खेल्छन्। हामी स्वस्थ हुनुमा विभिन्न किसिमका पोषक तत्त्व चाहिन्छ।

युनिभर्सिटी कलेज लण्डनका न्यूट्रिसन साइन्स विज्ञ एलेक्स रुआनी भन्छन्, ‘कफीले पोषक तत्त्व शोषण गर्ने प्रक्रिया पूरै बन्द हुने त होइन तर केही कम हुन भने सक्छ।’

कुनै पनि व्यक्तिमा पोषक तत्त्व पर्याप्त छ भने खाना लगत्तै खाइने कफीले अवरोध गर्ने यी पोषक तत्त्वले खासै फरक पार्दैन। यस्तो असर कफीको कडापन, पोषक तत्त्वहरूको मात्रा, कुनै व्यक्तिको उमेर, उसको पाचन शक्ति, स्वास्थ्यको अवस्था र जेनेटिकजस्ता कुरामा निर्भर हुने गर्छ।

सम्बन्धित समाचारसबै