कम महत्त्व दिइएको पोषक तत्त्व जुन हाम्रो मस्तिष्कका लागि महत्त्वपूर्ण छ: कोलिन

0 Shares

८ जेठ, काठमाडौं ।यो यौगिकले हाम्रो संज्ञानात्मक क्षमता राम्रो बनाउन र चिन्ता कम गराउन महत्त्वपूर्ण भूमिका खेल्छ |

यस्तो पोषक तत्त्व ‘कोलिन’ का बारे तपाईँले नसुन्नुभएको हुन सक्छ, तर अध्ययनहरूले हाम्रो जीवनका विभिन्न चरणमा यो तत्त्व महत्त्वपूर्ण हुने देखाएका छन्।यो पोषक तत्त्वले मानवको स्नायु विकासमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।

कोलिन भिटामिन होइन र खनिज पनि होइन – यो जैविक यौगिक हो जुन मानव स्नायु प्रणालीले स्वास्थ्य रूपमा काम गर्नका लागि अति आवश्यक छ। अहिले सार्वजनिक भइरहेका प्रमाणहरूले कोलिन धेरै खाँदा धेरै प्रकारका फाइदा हुने देखाएका छन् जस्तो कि तपाईँको संज्ञानात्मक क्षमतामा सुधारदेखि स्नायु विकाससम्बन्धी समस्याबाट बचाउनेसम्म – त्यसमा कुनै कुरामा ध्यान केन्द्रित गर्न नसक्ने वा अति सक्रिय हुने समस्या एडीएचडीदेखि डीसलेक्सियासम्म पर्छन्।

सम्बन्धित समाचारसबै