ग्रामीण चलचित्र महोत्सवमा देखाइयो फिल्म सडकमै

0 Shares

काठमाडौँ- रसुवाको गोसाईकुण्डमा वैशाख ४ गतेदेखि चलिरहेकाे चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ) मा सडकमै फिल्म देखाएकाे छ।

फिल्म हेर्ने दर्शकको मागपछि बीच बजारमै नेपाली महिला फुटबल क्याप्टेन एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ देखाएकाे महाेत्सव अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए।

उक्त फिल्म धुञ्चेको बीच बजारमै आयोजकले प्रोजेक्टर मार्फत देखाएको हो। महोत्सवमा अन्य फिल्म ‘पुजार सार्की’, ‘ज्वाइँसाब’, ‘बोक्सीको घर’ लगायत २२ फिल्म प्रदर्शन गरिने महोत्सव अध्यक्ष सापकोटाले बताए।

उक्त स्थानमा ३० औं वन्यजन्तु सप्ताह, चौंथो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८२ तथा १३ औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता र चौथो ग्रामीण चलचित्र महोत्सव एकै समय पारेर आयोजना गरिएको हो।

सम्बन्धित समाचारसबै