चित्रकला मार्फत धार्मिक, प्राकृतिक एवम् सांस्कृतिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले दोलखाको मेलुङ गाउँपालिकाले क्यान्भासमा मेलुङ– २०८२ चित्रकला प्रर्दशनी आयोजना गरेको छ ।
उक्त प्रर्दशनीमा मेलुङ गाउँपालिकाको बिभिन्न स्थानहरुमा पुगेर १५ जना कलाकारहरुले बनाएका १८ वटा चित्रकला राखिएको थियो । मेलुङ गाउँपालिका भित्रका गुम्बा, मन्दिर, कृषि, जीवनशैली, संस्कृति र पर्यटकीय स्थलहरूलाई कलात्मक ढंगमा उतारिएको क्यान्भासमा मेलुङ– २०८२ चित्रकला प्रर्दशनिको आयोजना मेलुङ गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा गरेको र त्यसको व्यवस्थापन चरिकोट मिडिया फाउण्डेशनको रहेको अध्यक्ष जीवन लामाले बताए ।
१५ जना कलाकार सहभागि चित्रकलाको संयोजक कलाकार बिक्रम तमाङले गरेका थिए । क्यान्भासमा मेलुङ– २०८२ चित्रकला प्रर्दशनी सदरमुकाम चरिकोटमा पनि आयोजना गरिएको थियो । चित्रकलाको माध्यमबाट दोलाखको बिभिन्न स्थानको पर्यटन, धार्मिक पठ– मन्दिर, सांस्कृतिक रितिरिवाज, जिवनशैली आदी प्रस्तुत गर्दा त्यसको प्रभावकारीता उच्च रहने कलाकार बिक्रम तमाङ बताउँछन् ।
कलाकार बिक्रम तमाङको टिमले काठमाडौँ महानगरपालिकाको सहयोगमा काठमाडौँको बिभिन्न स्थान तथा भीमेश्वर नगरपालिकाको सहयोगमा दोलखा सदरमुकाम चरिकोट र पुरानो बजारको भित्ताहरुमा समेत कला, संस्कृति, पर्यटकीय स्थल र जिवनशैली झल्कने बिभिन्न प्रकारका चित्रहरु बनाएका छन् ।