विराटनगर । आज शुक्रबार साँझ विराटनगरमा अहिले लोकप्रिय गायक तथा प्रस्तोता दुर्गेश थापा विराटनगर आउदैछन् ।
यता आयोजकले कार्यक्रम स्थलमा स्टेज निर्माणको कामदेखि अन्य व्यवस्थापनको कामहरु लगभग सबै तयारी पूरा भएको जनाएको छ ।
लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्टको संयुक्त आयोजनामा दुर्गेश थापा लाईभ ईन विराटनगर नाम दिएर वैशाख २६ गते शुक्रबार साँझ साँगीतिक प्रस्तुतिको तय गरेको छ । साँझ ५ बजेपछि विराटनगरको हाटखोला मैदानको खेल मैदानमा हुने कार्यक्रममा फेशन शो , दुर्गेश थापाको प्रस्तुतिमा यहाँका गायकहरुको पनि प्रस्तुती हुने लाईभ ईन्टरटेनमेन्टका निदेर्शक सेन्ट्रो महतले जानकारी दिए ।
विराटनगरका विभिन्न पसल तथा क्याफेहरु टिकट उपलब्ध रहेको छ भने अनलाईन मार्फत खल्ती एपबाट पनि टिकट स्क्यान गरि बुकिङ गर्न सकिने आयोजकले जनाएको छ । विगत लामो समयदेखी विराटनगरमा साँगीतिक कार्यक्रममा गर्दै आएको टिमले पुन: एक पटक अहिलेका चर्चिक गायक दुर्गेश थापालाई ल्याएर साँगीतिक धमका मचाउदैछ । कार्यक्रमको सुरक्षा व्यावस्थादेखी अन्य काम सकिएकाले विराटनगर लगायत आसपासका संगितलाई माया गर्ने संगीतप्रेमीहरुलाई कार्यक्रममा सहभागिता जनाउन आयोजकले आग्रह समेत गरेको छ ।