राज्यमन्त्री अरूणकुमार चौधरीको घरमा चोरी

0 Shares

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीको कैलालीस्थित घरमा चोरी भएको छ।

लम्किचुहा नगरपालिका-४ बलियास्थित राज्यमन्त्री चौधरीको पाँचतले घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए।

उनका अनुसार मन्त्री चौधरीको घर तीन महिनादेखि खाली नै थियो।बुधबार दिउँसो पौने ४ बजेतिर घरमा चोरी भएको भन्ने खबर प्रहरीले पाएको थियो।

‘हिजो दिदी नाता पर्नेले घरमा चोरी भएको भनेर खबर गरेपछि थाहा पाएका थियौं। अनुसन्धान भइरहेको छ,’ डिएसपी सिंहले भने।घरको दोस्रो तलाको ग्रिल निकालेर घरभित्र प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। परिवारले घरमा रहेका गरगहना र नगद चोरी भएको बताएका छन्।

सम्बन्धित समाचारसबै