शव लिएर काठमाडौं जादै गरेको एम्बुलेन्स दुर्घटना

0 Shares

दोलखा — रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्  । एम्बुलेन्समा सवार अन्य तीन जना सामान्य घाइते भएका छन् ।

दाोरम्बा-शैलुङ गाउँपालिकाबाट शव लिएर काठमाडौं गइरहेको एम्बुलेन्स रामेछापकै खाँडादेवी गाउँपालिका-३ चारघरेमा बन नजिकै एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । पोस्टमार्टमका लागि शव लिएर काठमाडौं गइरहेको एम्बुलेन्स सडकबाट १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको हो ।

सम्बन्धित समाचारसबै