‘मृत्यु नदी’मा डाइनसोरको सामूहिक चिहानको अनुसन्धान

0 Shares

काठमाडौँ। क्यानडाको अलबर्टास्थित एक घना जङ्गलको भिरमुन्तिर एउटा विशाल सामूहिक चिहानस्थल रहेको छ।

यहाँ कुनै दिन भएको एक विनाशकारी घटनामा मारिएका हजारौँ डाइनसोर गाडिएका थिए।

‘उनीहरू कसरी मारिए’ भन्ने सात करोड २० लाख वर्ष पुरानो रहस्य सुल्झाउन भन्दै जीवाश्म वैज्ञानिकहरूको एउटा समुह “मृत्यु नदी” नाम दिइएको यस ठाउँमा आइपुगेका छन्।

यहाँ वास्तवमा के भएको थियो भनेर जान्नेतर्फको प्रयास एउटा बडेमानको हथौडाको प्रहारबाट सुरु हुन्छ।

यो अन्वेषणको नेतृत्व गरिरहेकी एमिली ब्यामफर्थले “प्राचीन स्वर्ण”का रूपमा व्याख्या गरेको वस्तुलाई ढाकेर बसेको चट्टानको बाक्लो पत्र हटाउन प्रबल शक्तिको खाँचो पर्छ।

उनको समूहले फोहोर र धुलोको उक्त पत्र हटाउन संवेदनशील हुँदै काम थालेसँगै बिस्तारै बिस्तारै अस्तव्यस्त जीवाश्म हाडखोरहरू देखा पर्न थाल्छन्।

उनको समूहले फोहोर र धुलोको उक्त पत्र हटाउन संवेदनशील हुँदै काम थालेसँगै बिस्तारै बिस्तारै अस्तव्यस्त जीवाश्म हाडखोरहरू देखा पर्न थाल्छन्।

उनको समूहले फोहोर र धुलोको उक्त पत्र हटाउन संवेदनशील हुँदै काम थालेसँगै बिस्तारै बिस्तारै अस्तव्यस्त जीवाश्म हाडखोरहरू देखा पर्न थाल्छन्।

उनको समूहले फोहोर र धुलोको उक्त पत्र हटाउन संवेदनशील हुँदै काम थालेसँगै बिस्तारै बिस्तारै अस्तव्यस्त जीवाश्म हाडखोरहरू देखा पर्न थाल्छन्।

“त्यो हाडको टुक्रा हाम्रो विचारमा कट्टिको हिस्सा हो,” प्राध्यापक ब्यामफर्थ भन्छिन्।

उनको एस्टर नामको कुकुरले पनि उनको रखबारी गरिरहेको छ। उसको आजको काम भनेको नजिकै कतै भालु देखियो भनेर भुकेर सतर्क गराउनु हो।

“त्यसपछि यहाँ यी लामा र पातला हड्डीहरू छन्। यी सबै करङ हुन्। अनि यो प्रस्टवाला चाहिँ खुट्टाको औँलाको हड्डी हो। अनि के हो भनेर हामीलाई थाहै नभएको यो एउटाचाहिँ यहाँको रहस्यको गजबको उदाहरण हो।”

अनुसन्धानकर्ताहरूले कसरी यहाँका रहस्यहरूलाई एकएक गरी जोडिरहेका छन् भन्ने हेर्न र प्रागऐतिहासिक विशाल मृत्युस्थलको अवलोकनका निम्ति बीबीसी न्यूज यहाँ आएको छ।

यस स्थलबाट हजारौँ जीवाश्म अवशेषहरू सङ्कलन गरिँदै आएको छ र निरन्तर नयाँ कुरा पत्ता लागिरहेको छ।

यी सबै हाडहरू पाकिराइनसरस नामका डाइनसोरसँग सम्बन्धित छन्। उक्त प्रजाति र प्राध्यापक ब्यामफर्थको उत्खननलाई बीबीसीको नयाँ श्रृङ्खला ‘वाकिङ विथ डाइनसोरस’ अर्थात् ‘डाइनसोरहरूलाई पछ्याउँदै’मा देखाइएको छ र प्रागऐतिहासिक दुनियाँलाई जीवन्त रूपमा देखाउन त्यसमा ‘भिजुअल इफेक्ट्स’ तथा विज्ञानको उपयोग गरिएको छ।

‘क्रिटेसिअस’कालको अन्त्यतिर अस्तित्वमा रहेका यी जनावर ‘ट्राइसेरटप्स’को परिवारका थिए। पाँच मिटर लम्बाइ र दुई टन वजन भएका यी चारखुट्टे जनावरको विशाल शिर र तिनमा रहेका हड्डीयुक्त सिउर र तीनवटा सिङ हुन्थे। यिनको उल्लेखनीय विशेषता भनेको ‘बस’ भनिने नाकमा भएको बडेमानको गाँठो हो।

उत्खनन कार्य भर्खरै सुरु भएको छ र यो हरेक वर्ष शरद् ऋतुसम्म चल्छ। उनीहरूले काम गरिराखेको जमिनको टुक्रा सघन रूपमा जीवाश्महरूले भरिएको छ। ब्यामफर्थको अनुमानमा प्रति वर्ग मिटरमा तीन सय वटासम्म हड्डीहरू छन्।

अहिलेसम्म उनको समूहले एउटा टेनिस कोर्टको आकारजतिको क्षेत्रको उत्खनन गरेका छन् तर उक्त पहाडमा हड्डीहरू एक किलोमिटरजति फैलिएका छन्।

“सघनताको हिसाबले यो चकित तुल्याउने किसिमको छ,” उनी भन्छिन्।

“यो उत्तर अमेरिकाकै सबैभन्दा ठूलो जिवाशेष सङ्ग्रहमध्ये एक हो भन्नेमा हामी विश्वस्त छौँ।”

“संसारका ज्ञात डाइनसोरका प्रजातिहरूमध्ये आधाभन्दा धेरैको चर्चा एउटै नमूनाबाट गरिएको छ। हामीसँग यहाँ हजारौँ पाकिराइनसोरस छन्।”

सम्बन्धित समाचारसबै