0
Shares
काठमाडौं। आफ्नै कीर्तिमान तोड्दै कामीरिता शेर्पा मंगलबार बिहान ३१ औं पटक सर्वोच्च शिखरमा पुगेका छन्। सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाका अनुसार आज बिहान करिब ४ बजे कामीरिताले यो कीर्तिमानी आरोहण गरेका हुन्।
२२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका उनी सगरमाथा चुचरोतिर लागेका थिए। उनी बुधबार सगरमाथा आधार शिविर झर्ने छन्।
अघिल्लो वर्ष कामीरितले ३० औं पटक सगरमाथाको चुचुरोमा आफ्ना पाइला पुर्याएका थिए। कामीरिताले सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमानलाई कामय राखेका छन्।