मोरङ- एक व्यक्तिले जिस्किने क्रममा सात वर्षीय बालकको लिङ्ग काटिदिएका छन् ।
सोमबार बेलुका मोरङ पथरीशनिश्चरे नगरपालिका– ६ का ४८ वर्षीय मही चौधरीले फलाम काट्ने ग्रेन्डरले बालकको लिङ्ग काटेका हुन् ।
मही ग्रील पसल सञ्चालन गर्छन् । ग्रेन्डरमा ग्रेन ब्लेड जडान गरी जिस्किने क्रममा उनले सोही स्थानका किरण चौधरीका ६ वर्षीय छोराको लिङ्ग काटेका हुन् । घटनापछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ ।
उनको अवस्था सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।
प्रहरीका अनुसार मही चौधरीले नै बालकलाई उपचारका लागि लिएर आएका हुन् ।
बालकको लिङ्गको टुप्पोको केही भाग काटिएको थियो ।