खुकुरी प्रहारबाट एक युवकको मुत्यु, पाहुना आएका श्रीमान-श्रीमती फरार

0 Shares

काठमाडौं-ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमस्थित सिस्ने खोलानजिक खुकुरी प्रहारबाट २८ वर्षीय एक युवकको ज्यान गएको छ।

हत्या आरोपित युवक र उनकी श्रीमती फरार रहेका छन्।

प्रहरीका अनुसार मृत्यु हुने व्यक्ति फक्ताङलुङ–३ का तेजेन्द्र लिम्बू हुन्। उनलाई मंगलबार राति करिब १ बजे फुङलिङ नगरपालिका–६ उकाली पानी निवासी ३२ वर्षीय अर्जुन गुरुङले खुकुरी प्रहार गरेका थिए। अर्जुन पत्नी सरिता लिम्बूसँगै फक्ताङलुङ–३ तावास्थित सरिताकी फुपु योगमाया लिम्बूको घरमा पाहुना आएका थिए।

स्थानीयका अनुसार सोही साँझ अर्जुन र सरिताबीच सामान्य विवाद भएको थियो। झगडा बढेपछि योगमायाले दुवैलाई रातिको समयमा नै आफ्नो घरबाट फर्कन आग्रह गरेकी थिइन्। त्यसपछि छिमेकी तेजेन्द्र लिम्बूले उनीहरूलाई साथ दिनु भएको थियो।

सम्बन्धित समाचारसबै