ओर्लान्डो, फ्लोरिडा — फिफा क्लब विश्वकपको नकआउट चरणमा साउदी अरेबियन क्लब अल–हिलाल म्यानचेस्टर सिटीविरुद्ध ४–३ गोल अन्तरले विजयी भएको छ ।
समूह एचको उपविजेतासमेत रहेको अल–हिलालले क्याम्पिङ वर्ल्ड स्टेडियममा राउण्ड अफ १६ को खेलमा सिटीमाथि जित निकालेको हो ।
पेप गार्डियोलाको प्रशिक्षकमा रहेको म्यानचेस्टर सिटीले सुरुवाती अग्रता लिएको थियो । सिटीका कप्तान बर्नार्डो सिल्भाले ९औं मिनेटमा इल्के गुन्डोगनको असिस्टमा गोल गरेका थिए ।
खेलको ४५औं मिनेटमा अल-हिलालका स्ट्राइकर मार्कोस लियोनार्डोले गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै ५२ औं मिनेटमा जोआओ क्यान्सेलोको असिस्टमा माल्कमको गोलले अल–हिलालले २–१ को स्थिति बनायो ।
अल-हिलालको अग्रतालाई तोड्दै सिटीका स्ट्राइकर अर्लिङ हालान्डले ५५ मिनेटमा गोल गर्दै फेरि स्कोर २-२ बनाए । रोमाञ्चक खेललाई अघि बढाउँदै ९४ मिनेटमा अल-हिलालका डिफेन्डर कालिडोउ कुलिबालीले रुबेन नेभेसको असिस्टमा गोल गरे ।
१०४ औं मिनेटमा सिटीका मिड-फिल्डर म्याथिस रायन चेर्कीको असिस्टमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए । अतिरिक्त खेलको आधा समयपछि अल-हिलालका स्ट्राइकर मार्कोस लियोनार्डोले टिमका लागि चौथो गोल गरे । उनको व्यक्तिगत यो दोस्रो गोल नै खेलका लागि निर्णायक बन्यो र अल–हिलाले जित दर्ता गर्यो ।फिफा क्लब विश्वकप २०२५ को समूह ‘जी’का ४ टिममध्ये म्यानचेस्टर सिटी पहिलो स्थानमा छ । यस्तै अल-हिलाल भने समूह एच को दोस्रो स्थानमा छ । अल-हिलालसँग ४-३ ले पराजित भएपछि सिटी फिफा क्लब विश्वकपबाट बाहिरिएको छ ।