0
Shares
दशैँको आगमनसँगै काठमाडौँको आकाश पनि रंगीन बन्न थालेको छ। आकाशमा उडिरहेका चंगाहरूले चाड पर्व आएको आभास गराउँछ।
दशैं घरघरमा पूजा, परिवारको भेला र टिका जमघटमा मात्रै सीमित हुँदैन। यससँगै चंगा उडाउनु पनि परम्पराको महत्त्वपूर्ण अंश बनेको छ।
विभिन्न उमेर समूहका मानिसहरू आकाशमा चंगा जुधाउँदै रमाइलो गरिरहेको भेटिन्छन्।
काठमाडौँको मानिसहरु खुल्ला ठाउँ खोज्दै चोभार जस्ता ठाउँमा भेला भएर रंगीचंगी चंगा उडाइरहेका दृश्यले दशैंको माहोल बनाएको छ।
पछिल्लो समय प्रविधि विस्तार भएसँगै आकाशमा चंगा देखिन कम भएको छ।
तर आकाशमा बादल हटेर घाम लाग्न थालेपछि भने बालबालिकाहरूले चंगा उडाउन थालेका छन्।
आकाशमा उड्ने चंगाले शारदीय पर्वको उमंगको संकेत दिने पाकाहरू पनि बताउँछन्।