एलिनालाई आएको मेसेजमा लेखिएको छ, ‘जेनजी आन्दोलनपछि आर्थिक कमीकमजोरीका कारण भोकमरी र बास कपासको कमी भएकाले केही आर्थिक सहयोग गर्न मिल्छ कि भन्ने आशा लिएर आइडी खोलेको हो ।’
यस्तै मेसेज गायिका रिमाललाई पनि आएको छ । त्यहाँ आएको क्यूआर कोड स्क्यान गर्दा एकजना बुढाथोकी थरका प्रयोगकर्ताको नाम आउँछ ।
रचनाले पनि ठगीधन्दाको लागि आफ्नो नाम प्रयोग गरिएको भन्दै उक्त आइडी तुरुन्त बन्द गर्न आग्रह गरेकी छन् ।
उनी लेख्छिन्, ‘ मेरो तस्वीर प्रयोग गरि, फेसबुक अकाउन्ट खोलेर यसरी ठगी गर्न खोजिएको थाहा पाएकी छु । कृपया यस्तो स्क्याममा नपर्नुहोला । सजग रहनुहोला, मैले पैसा मागेको छैन । कसैले ठगि धन्दाको लागि मेरो नाम र फोटो प्रयोग गरिएको छ । जसले यस्तो हरकत गर्दै हुनुहुन्छ तुरुन्त बन्द गर्नुहोला ।’







