मालीमा सबै राजनीतिक दल प्रतिबन्धित

0 Shares

काठमाडौं– पश्चिम अफ्रिकी मुलुक मालीमा सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएको छ ।

मालीमा सन् २०२० देखि सैन्य हुन्टाले शासन गरिरहेको छ ।

गत महिना आयोजित राष्ट्रिय सम्मेलनले सैन्य नेता जनरल अस्सिमी गोइटालाई सन् २०३० सम्म राष्ट्रपतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । उक्त सम्मेलनलाई विपक्षी पार्टीहरुले बहिष्कार गरेका थिए ।

राष्ट्रपति गोइटाले आदेश जारी गर्दै सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।
0
सम्बन्धित समाचारसबै