दक्षिणी गाजामा हमासविरुद्ध विरोध, प्रदर्शनको समाचार प्रकाशन नगर्न पत्रकारलाई धम्की

0 Shares

गाजा | इजरायल–हमास युद्धका कारण भोगमरीको सामना गरिरहेका गाजाका जनताले हमासविरुद्ध प्रदर्शन सुरु गरेका छन् ।

हजारौंको संख्यामा सडकमा आएर प्यालेस्टिनी नागरिकले हमासविरुद्ध नै सडक प्रदर्शन सुरु गरेका हुन् ।

आइतबारदेखि उनीहरुले हमासविरुद्ध विरोध जनाइरहेका छन् । यद्दपि गाजामा हमासविरुद्ध प्रदर्शन गर्नु उनीहरु आफैंका लागि खतरनाक हुने बताइएको छ ।

दक्षिणी गाजामा मानिसहरुले सडकमा आएर हमासविरुद्ध नारा लगाउँदै हमासलाई गाजाबाट बाहिर जान चेतावनी दिएका थिए । युद्ध अन्त्य गर्नुपर्ने र गाजाबाट हमासलाई बाहिर निकाल्नुपर्ने उनीहरुको माग थियो ।

भिडियोमा उनीहरुले भनेका छन्, ‘बाहिर, बाहिर, बाहिर, सबै हमास बाहिर ।’ यसैबीच हमासले पत्रकारहरुलाई आफूविरुद्ध भएको प्रदर्शनका समाचार प्रकाशन नगर्न चेतावनी दिएको छ ।

युरोपियन देशहरुले गाजामा आक्रमण नगर्न इजरायलमाथि दबाब बढाइरहेका बेला गाजामै हमासविरुद्ध प्रदर्शन पनि सुरु भएको हो ।

सम्बन्धित समाचारसबै