हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना लिनबाट ट्रम्प प्रशासनले लगायो रोक

0 Shares

 काठमाडौँ। ट्रम्प प्रशासनले अमेरिकाको सबभन्दा पुरानो विश्वविद्यालयसँग उसको चर्किएको असमझदारीका माझ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने हार्वर्डको अनुमतिलाई रोक लगाइदिएको छ।

अमेरिकाको आन्तरिक मामिला हेर्ने मन्त्रालय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी नोमले सामाजिक सञ्जाल एक्समा लेख्दै प्रशासनले “कानुनसम्मत काम गर्न विफल भएकाले हार्वर्डको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेशन खारेज गरिएको” उल्लेख गरेकी छन्।

सम्बन्धित समाचारसबै