0
Shares
बाजुरा। जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बाजुरास्थित टेलिकम कार्यालयको बा ५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो।
सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको हो।
प्रहरीका अनुसार बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेका बेला दुर्घटना भएको हो। जिप सडकबाट ८० मिटर तल खसेको छ। तीनैजनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिपमा सवार नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।