दुर्लभ मानिने स्पिटिङ कोब्रा सर्प  फेला विराटनगरमा

0 Shares

विराटनगर- दुर्लभ मानिने स्पिटिङ कोब्रा सर्प  फेला विराटनगरमा परेको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ४ नोबेल अस्पताल पछाडि डाक्टर सुनील शर्माको घरमा दुर्लभ मानिने स्पिटिङ कोब्रा फेला परेको हो ।

यो सर्पले जोखिम महसुस गरे परैबाट विष फाल्ने गर्छ । सर्पले परैबाट विष फाल्दा उद्धारकर्ता शम्भु घिमिरे घाइते भएका थिए ।

चिकित्सकका अनुसार यो सर्पको विष अनुहार तथा आँखामा परे गम्भीर असर गर्नसक्छ । विराटनगरका अन्य स्थापनमा पनि यस्ता सर्प फेला परे खबर गर्न महानगरपालिकाको स्वास्थ्य महाशाखाले सूचित गरेको छ ।

सम्बन्धित समाचारसबै