ट्रम्पले लगाएका व्यापक ट्यारिफलाई अमेरिकाको वाणिज्य अदालतद्वारा रोक

0 Shares

काठमाडौँ। अमेरिकाको एक सङ्घीय अदालतले राष्ट्रपति डोनल्ड ट्रम्पले लागु गरेका व्यापक ट्यारिफका निर्णयमाथि रोक लगाइदिएको छ।

यसले ट्रम्पको आर्थिक नीतिहरूको एक मुख्य पाटोमाथि ठूलो धक्का लागेको छ।

कोर्ट अफ इन्टर्न्याशनल ट्रेडले ह्वाइट हाउसले उपयोग गरेको आपत्कालीन कानुनले लगभग सबै देशका विरुद्ध ट्यारिफ थोपर्न राष्ट्रपतिलाई एकल अधिकार नदिने बताएको छ।

न्यूयोर्कको म्यानह्याटनस्थित उक्त अदालतले अमेरिकी संविधानले त्यहाँको कङ्ग्रेस – संसद् -लाई अन्य देशहरूसँगका व्यापार नियमन गर्ने विशेष अधिकार दिएको र उक्त अधिकारलाई राष्ट्रपतिले पाएको अर्थतन्त्रको रक्षा गर्ने कार्यादेशले अतिक्रमण गर्न नसक्ने जनाएको छ।

सम्बन्धित समाचारसबै