0
Shares
काठमाडौँ | पूर्णियासम्म मात्र आउने भनेको बन्दे भारत विराटनगर सीमाको जोगबनी रेल्वे स्टेशनसम्म आउने भएको छ|
बिहार अररियाका सांसद प्रदीपकुमार सिंहले बन्देभारत जोगबनीबाट संचालन गर्न केन्द्रीय रेल मन्त्रालयले स्वीकृति दिएको जानकारी दिएका छन् ।उनले भने,‘‘जोगबनी नेपाल भारतको सिमा हो, अररिया जिल्लासहित धेरै यात्रुहरु यसबाट लाभान्वित हुने छन् ।’’
पूर्णियाबाट मात्र चल्ने भनिएको बन्दे भारत जोगबनी हुँदै चल्ने र अररिया तथा फारबेजगञ्ज दुई दुई मिनेट रोकिने रेल मन्त्रालयका अधिकारीहरुले जानकारी गराएको सांसद सिंहले बताए ।
बन्दे भारत स्वदेशमै निर्माण भएको द्रूत गतिको फुल एसी रेल सेवा हो । यो रेल्वे जोगबनीदेखि पटनासम्म संचालन हुने बताइएको छ ।
जोगबनीबाट नयाँ दिल्ली, कलकत्ता र दक्षिण भारतका लागि समेत रेल संचालन हुँदै आएको छ ।