सुनसरीमा बस-ट्रक ठोक्किँदा २ जनाको मृत्यु, २१ घाइते

0 Shares

सुनसरी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ स्थित पुलचोकमा यात्रुबाहक बसले ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन्।

दुर्घटना बिहीबार बिहान करिब ९:३० बजे भएको हो। पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा आइरहेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रुबाहक बसले सडक छेउमा बिग्रिएर रोकिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।दुर्घटनापछि इलाका प्रहरी कार्यालय लौकहीबाट वरिष्ठ सई अशोक कोइरालाको टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो। पछि डीएसपी योगराज खतिवडाको नेतृत्वमा थप टोली पुगेको थियो।

सम्बन्धित समाचारसबै