इतिहास सम्झाइरहने धरानको सिद्रा बजार

0 Shares

धरान — धरानको भानुचोकबाट पूर्वतर्फ आफ्नै संसारमा मग्न छ, माछाभौडी गल्ली । यहाँ बिहानदेखि साँझसम्मै सिद्राको बास्ना फैलिइरहेको हुन्छ । सडक छेउमा लस्करै बसेका व्यापारी विभिन्न प्रजातिका सिद्रा बेच्नैमा व्यस्त देखिन्छन् ।

धरानको स्थापनाकालदेखिको यहाँको पुरानो बजारमा पुर्खाहरूले सुरु गरेको यो व्यापार आज पनि यहाँका मानिसको जीवनशैलीसँग जोडिएको छ । यो जीविकोपार्जनको माध्यम मात्र होइन, परम्पराजस्तै बनिसकेको छ ।

यस ठाँउमा नेवार समुदायको बाजेबराजुले सडकमा नै सिद्रा व्यापार गर्दै आएका थिए । पुर्खाकै पेसालाई पछ्याउँदै सडकमै व्यापार गर्दै आएको सिद्रा व्यापारी प्रेम श्रेष्ठ बताउँछन् । ‘यो पेसा कमाइको साधन त हो नै, हाम्रो पहिचान र पुर्खाको निसानी पनि हो,’ यहाँका व्यापारीहरू भन्छन् ।

सटर भाडामा नलिई खुला आकाशमुनि नै सिद्राको कारोबार चल्ने गरेको छ । यो बजारले धरानको इतिहास र संघर्षको कथा पनि सुनाउँछ ।

सम्बन्धित समाचारसबै